Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

यी हुन् प्रतिनिधिसभाका ११० समानुपातिक सांसद (विवरणसहित)

मंगलबार, चैत ३, २०८२

काठमाडौँ,३ चैत -  निर्वाचन आयाेगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना निर्वाचित भएका घाेषणा गरेकाे छ। साेमबार आयाेगले विभिन्न ६ वटा पार्टीबाट निर्वाचित हुने सा‌ंसदहरुकाे सूची प्रकाशित गरेकाे हाे ।

लुम्बिनी प्रदेश स्तरिय महोत्सव घाेराही


यस अघि पेस भएको बन्दसूचीबाट आफ्नो दललाई प्राप्त गरेको सिट कलस्टर अनुसार निर्वाचन आयोगमा पेस गरेपछि आयोगले सोमबार ११० जना निर्वाचित भएको घोषणा गरेको हो । 

आयोगका अनुसार सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट ५७ जना, नेपाली कांग्रेसबाट २० जना, नेकपा (एमाले)बाट १६ जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ९ जना, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ४–४ जना निर्वाचित भएका छन् ।


आयोगका अनुसार ६ दलबाट ११० जना सांसद निर्वाचित हुँदा ८२ जना महिला निर्वाचित भएका छन् । जसमा सबैभन्दा बढी रास्वपाबाट ४८ जना, दोस्रोमा नेपाली कांग्रेसबाट १५ जना, तेस्रोमा नेकपा (एमाले)बाट १० जना, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट ४ जना, श्रम संस्कृति पार्टीबाट ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट २ जना छन् । 

सामानुपातिक सांसदकाे विवरण यस प्रकार रहेकाे छ ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  ०७:२४
प्रतिक्रिया दिनुहोस्