Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

शंकर पोखरेलको चेतावनी–प्रतिशोधको मूल्य महंगो हुन्छ, अबिलम्ब रिहा गर

शनिबार, चैत १४, २०८२

काठमाडौं १४ चैत - नेकपा एमालेका महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन्। सामाजिक संजालमा लेख्दै पोखरेलले सरकारलाई पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुने चेतावनी दिएका छन्। 

'पूर्वाग्रह र प्रतिशोधको मूल्य धेरै महँगो हुन्छ, जिम्मेवार बन, अविलम्ब रिहा गर।' उनले लेखेका छन्। जेनजी आन्दोलन दमनको आरोपमा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले शनिबार विहानै निवासबाटै पक्राउ गरेको छ। 
अध्यक्ष पक्राउको विरोधमा एमालेले सडक प्रदर्शनको तयारी पनि गरिरहेको छ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०८२  ०८:२०
प्रतिक्रिया दिनुहोस्
समाचार