दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तान भ्रमण रद्द भएको ट्रम्पको घोषणा, इरानी विदेश मन्त्री स्वदेश फर्किए

आइतबार, वैशाख १३, २०८३

काठमाडाै‌,१३ बैशाख - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताका लागि अमेरिकी अधिकारी पाकिस्तान जाने योजनाबद्ध भ्रमण रद्द गर्नुभएको छ । इरानको प्रतिनिधिमण्डल इस्लामावादबाट निस्केको केही समयपछि अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना दूत स्टिभ विटकफ र जारेड कुश्नरको पाकिस्तान भ्रमण रद्द गर्नुभएको बीबीसीले जनाएको छ । 

यसैबीच, इरानी विदेश मन्त्री अब्बास अरागची इस्लामावादबाट फर्किनुभएको छ । उहाँले आफ्नो इस्लामावाद भ्रमणका क्रममा पाकिस्तानी सेना प्रमुख आसिम मुनीर र प्रधानमन्त्री शहबाज शरीफसँग भेटवार्ता गर्नुभएको हो । अरागची ओमानको राजधानी मस्कट गएको एएफपीले जनाएको छ । 

मध्यपूर्व युद्ध अन्त्य गर्न पाकिस्तानी मध्यस्थकर्ताहरूले नयाँ वार्ताका लागि दबाब दिएपछि अमेरिकी वार्ताकारको आगमन हुनुअघि इरानका विदेशमन्त्री हिजो इस्लामावादबाट बाहिरिनुभएको हो । इरानले जारी गरेको वक्तव्यमा अराघचीले पाकिस्तानलाई उसको प्रयासका लागि धन्यवाद दिनुभएको छ । 

उहाँले युद्धविरामसँग सम्बन्धित पछिल्लो घटनाक्रम र इरानमाथि ‘थोपरिएको’ युद्धको पूर्ण अन्त्यका सम्बन्धमा देशको सैद्धान्तिक अडानबारे जानकारी गराउनुभएको हो । पाकिस्तान भ्रमणमा रहनुभएका विदेशमन्त्री अराघचीले आफ्ना अडान पेश गरी इस्लामावाद छाड्नुभएको हो ।  

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  ०८:०४
प्रतिक्रिया दिनुहोस्