सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडाै,२ असार - फिफा विश्वकप फुटबलमा आज राति उपाधिको बलियो दाबेदार फ्रान्स र सेनेगल खेल्दैछन् । समूह ‘आई’ को यो खेल राति पौने १ बजे अमेरिकाको न्यु योर्क न्यु जर्सी रङ्गशालामा शुरू हुनेछ ।
फ्रान्सले सन् १९९८ र २०१८ मा गरी दुई पटक उपाधि जितेको छ । फ्रान्सले पछिल्ला ७ मध्ये ४ संस्करणमा फाइनल खेलेको छ । फ्रान्सेली टोलीलाई माइकल ओलिस, केलियन एमबाप्पे, ओलिभिर गिरोड जस्ता खेलाडीले अझ बलियो बनाएको छ । फ्रान्स फिफा वरीयताको दोस्रो स्थानमा छ ।
फिफा विश्वकपमा फ्रान्स र सेनेगल २४ वर्षपछि आमनेसामने हुन लागेका हुन् । यसअघि सन् २००२ को विश्वकपमा सेनेगलले फ्रान्सलाई १–० गोलले हराएको थियो । २४ वर्षअघि फ्रान्सलाई हराउँदा टोलीका महत्त्वपूर्ण सदस्य रहेका पेप थियाव अहिले सेनेगलका प्रशिक्षक छन् ।
सन् २०१८ मा समूह चरणबाटै बाहिरिएको सेनेगल २०२२ मा अन्तिम १६ सम्म पुगेको थियो । सेनेगलको टोलीलाई साडियो माने, असाने डियायो, इड्रिसा गुये जस्ता खेलाडीले बलियो बनाएको छ । सेनेगल फिफा वरीयतामा १६औँ स्थानमा छ ।
फिफा विश्वकपमा भोलि बिहान पौने ४ बजे अमेरिकाको बोस्टन रङ्गशालामा समूह ‘आई’ कै इराक र नर्वे खेल्दैछन् ।
यस्तै पौने ७ बजे अमेरिकाको कन्सास सिटी रङ्गशालामा समूह ‘जे’ मा रहेका साविक विजेता अर्जेन्टिना र अल्जेरिया खेल्दैछन् ।
पौने १० बजे अमेरिकाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा समूह ‘जे’ का अस्ट्रिया र जोर्डन खेल्दैछन् ।