राप्ती आधारभूत अस्पताल लुम्बिनी प्रदेशका आधारभूत अस्पतालमध्ये उत्कृष्ट 

बुधबार, असार १७, २०८३

दाङ, १७ असार - दाङको राप्ती गाउँपालिकाअन्तर्गत सञ्चालित राप्ती आधारभूत अस्पतालले न्यूनतम सेवा मापदण्ड (एमएसएस) मूल्याङ्कनमा ८१ प्रतिशत अंक प्राप्त गर्दै लुम्बिनी प्रदेशका आधारभूत अस्पतालहरूमध्ये उत्कृष्ट नतिजा हासिल गरेको छ।WhatsApp-Image-2026-07-01-at-21.09.04-1782922893.jpeg

अस्पतालमा असार १५ गतेदेखि दुई दिनसम्म सञ्चालन गरिएको एमएसएस मूल्याङ्कनको नतिजा समीक्षा तथा आगामी कार्ययोजना निर्माण कार्यक्रममार्फत उक्त उपलब्धि सार्वजनिक गरिएको हो। कार्यक्रममा मूल्याङ्कनका सूचकहरूको समीक्षा गर्दै अस्पतालको सेवा प्रवाहलाई अझ प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउने विषयमा छलफल गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले स्थापनाको दुई वर्ष पनि नपुग्दै राप्ती आधारभूत अस्पतालले प्रदेशकै उत्कृष्ट नतिजा हासिल गर्नु गौरवको विषय भएको बताए। उनले नेपालका धेरै स्थानीय तहमा स्थापना भएका आधारभूत अस्पतालहरू अझै पूर्ण रूपमा सञ्चालन हुन संघर्षरत रहेका बेला राप्ती आधारभूत अस्पतालले ८१ प्रतिशत अंकसहित उत्कृष्ट उपलब्धि हासिल गर्नु ठूलो सफलता भएको उल्लेख गरे।
“यो सफलता चिकित्सक, स्वास्थ्यकर्मी, कर्मचारी, अस्पताल व्यवस्थापन समिति तथा गाउँपालिकाको सामूहिक मेहनत र प्रतिबद्धताको परिणाम हो,” अध्यक्ष विष्टले भने, “आगामी दिनमा पनि अस्पताललाई थप सुदृढ बनाउँदै नागरिकलाई सहज, गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिका निरन्तर लागिरहनेछ।

गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीले प्राप्त उपलब्धिलाई कायम राख्दै आगामी मूल्याङ्कनमा अझ राम्रो नतिजा हासिल गर्न सेवा सुधार, व्यवस्थापन क्षमता अभिवृद्धि तथा उत्तरदायित्वलाई थप मजबुत बनाउन आवश्यक रहेको बताए।

प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले एमएसएस मूल्याङ्कन केवल अंक प्राप्त गर्ने प्रक्रिया मात्र नभई अस्पतालको सेवा प्रणालीलाई निरन्तर सुधार गर्ने प्रभावकारी माध्यम भएको बताए। उनले छोटो अवधिमै अस्पतालले हासिल गरेको उपलब्धि सबैका लागि प्रेरणादायी रहेको उल्लेख गर्दै आगामी कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमार्फत अझ उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न गाउँपालिकाको प्रशासनिक तथा संस्थागत सहयोग निरन्तर रहने विश्वास व्यक्त गरे।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुशील के.सी., स्वास्थ्य शाखा प्रमुख नारायण राउत, वरिष्ठ लेखा अधिकृत लेखा भण्डारी, प्रशासन शाखा प्रमुख पृथ्वी पौडेललगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक पोषणराज ढकालले गरेका थिए।
कार्यक्रममा एमएसएसका विभिन्न सूचकहरूको विस्तृत समीक्षा गर्दै सुधार गर्नुपर्ने क्षेत्रहरूको पहिचान गरिएको थियो। साथै आगामी कार्ययोजना तयार गरी सेवा प्रवाहलाई अझ प्रभावकारी, सुरक्षित तथा गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

स्थापनाको छोटो अवधिमै राप्ती आधारभूत अस्पतालले हासिल गरेको यो सफलता स्थानीय तहबाट सञ्चालित स्वास्थ्य संस्थाले उचित नेतृत्व, प्रभावकारी व्यवस्थापन तथा समर्पित स्वास्थ्यकर्मीहरूको सामूहिक प्रयासबाट उत्कृष्ट नतिजा हासिल गर्न सक्ने उदाहरणका 

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  २२:०६
प्रतिक्रिया दिनुहोस्
समाचार