आजकाे राशिफल

आजकाे दिन कुन राशिको लागि शुभ छ ? हेर्नुहोस् राशिफल

बिहीबार, साउन १४, २०८३

  आजको पञ्चाङ्ग  -  वि.सं.२०८३ साल साउन १४ गते । बिहीबार । इस्वी सन् २०२६ जुलाई ३० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । श्रावण कृष्णपक्ष । तिथि–प्रतिपदा बेलुकी ८ बजेर ३९ मिनेट उप्रान्त द्वितीया । नक्षत्र–श्रवण, बेलुकी ६ बजेर २ मिनेट उप्रान्त धनिष्ठा । योग–आयुष्मान, रातको १ बजेर १८ मिनेट उप्रान्त सौभाग्य । करण–बालव, बिहान ८ बजेर ४७ मिनेट उप्रान्त कौलव, बेलुकी ८ बजेर ३९ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–ध्वज योग । चन्द्रराशि–मकर । काठमाडौँमा सूर्योदय बिहान ५ बजेर २६ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५२ मिनेट । दिनमान ३३ घडी ३६ पला ।

आजको बार बेला 

 

  • बिहान ५ बजेर २६ मिनेटसम्म शुभ बेला ।
  • बिहान ५ बजेर २७ मिनेटदेखि बिहान ७ बजेर ७ मिनेटसम्म रोग बेला ।
  • बिहान ७ बजेर ८ मिनेटदेखि बिहान ८ बजेर ४८ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ८ बजेर ४९ मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म चर बेला ।
  • बिहान १० बजेर ३० मिनेटदेखि मध्यान्ह १२ बजेर ९ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो १२ बजेर १० मिनेटदेखि दिउँसो १ बजेर ५० मिनेटसम्म अमृत बेला ।
  • दिउँसो १ बजेर ५१ मिनेटदेखि दिउँसो ३ बजेर ३१ मिनेटसम्म काल बेला ।
  • दिउँसो ३ बजेर ३२ मिनेटदेखि बेलुकी ५ बजेर १२ मिनेटसम्म शुभ बेला ।
  • बेलुकी ५ बजेर १३ मिनेटदेखि बेलुकी ८ बजेर १२ मिनेटसम्म अमृत बेला ।
  • नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।


दिउँसो १ बजेर ५० मिनेटदेखि दिउँसो ३ बजेर ३१ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त

बिहान ३ बजेर ५० मिनेटदेखि बिहान ४ बजेर ३८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

 

१.मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) - सरकारी तथा पैतृक धन तथा सम्पत्ति प्रयोग मार्फत रोजगारी सिर्जना गरी मनग्गे लाभ लिन सकिनेछ । बौद्धिक क्षमतामा वृद्धि हुनाले राजनीतिमा आजको दिन पद पाउने योग रहेको छ । प्रतिष्ठित व्यक्तिको सहयोगले उपलब्धिमूलक कामहरू बन्ने तथा सामाजिक क्षेत्रमा नाम कमाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम आउनेछ । व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । छोटो तथा रमाइलो यात्राको तय हुनेछ ।

२.वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) - सामाजिक उत्तरदायित्व बहन गर्ने समय रहेको छ । धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्ने अवसर जुर्नेछ । साथीभाइ तथा आफन्तको सहयोगमा नयाँ योजना बनाई कार्यान्वयनको चरणमा लान सकिनेछ । लामो दुरीको शैक्षिक तथा धार्मिक यात्राको प्रबल सम्भावना रहेको छ । भाग्यले साथ दिने हुँदा थोरै लगानीबाट पनि प्रशस्त रुपैयाँ पैसा कमाउन सकिने तथा आर्थिक रूपमा सबल हुने ग्रहयोग रहेको छ । प्रेम सम्बन्ध दाम्पत्य जीवनमा रूपान्तरण हुनेछ । सापटी स्वरूप लगेको रुपैयाँ पैसा फिर्ता आउनेछ  ।


३.मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) -सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । तर पनि प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ ।


४.कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) - धार्मिक तथा सांस्कृतिक सभा समारोहमा सहभागी हुने अवसर जुर्नेछ ।  व्यापार फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुने समय रहेको छ । पढाइ लेखाइमा अरुदिन भन्दा सुधार भएर जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । पारिवारिक जमघटमा सामेल भई स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । नयाँ ठाउँमा नयाँ नियुक्ति तथा काम गरिरहेको ठाउँमा बढोत्तरी हुने योग रहेको छ । प्रेममा नजिक भई रमाउन सकिनेछ ।


५.सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) - लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईंको नाम रहनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । खेलकुदमा चासो वा प्रत्यक्ष सहभागी हुन पाइनेछ ।


६.कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) - आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ । नयाँ योजनाहरू बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानीबाट मनग्गे लाभ हुनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने वंश वृद्धिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्त हरू खुसी हुनेछन् ।


७.तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) - घर जग्गा तथा पैतृक सम्पत्तिमा विवाद बढ्ने ग्रहयोग रहेको छ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घटना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । तर पनि कृषि तथा पशुपालन व्यवसायबाट लाभ लिन सकिनेछ । खेल तथा पराक्रमी क्रियाकलापमा सहभागी हुने अवसर मिल्नेछ ।


८.वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) - महत्त्वाकाङ्क्षी योजनाहरू सार्वजनिक गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ । लेखन कलाको विकास हुनेछ भने लेखेरै नाम कमाउन सकिनेछ । घाटी सम्बन्धी समस्या ठिक भएर जानेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोगले राम्रा काम गर्न सकिनेछ । छोटो दुरीको यात्राको तय गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको भरपुर सहयोग पाइनेछ । साहसी तथा पराक्रमी कार्यमा सहभागी हुन पाइनेछ ।


९.धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) - व्यवसायमा लगानी बढाई प्रशस्त आम्दानी गर्न सकिनेछ । बोलीको प्रभाव बढ्ने हुँदा बोलेकै भरमा कामहरू सम्पादन हुनेछन् ।  अध्ययन तथा अध्यापनको क्षेत्रमा अरूभन्दा अगाडी बढी नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पारिवरका साथ रहेर मिष्टान्न भोजन गर्ने अवसर मिल्नेछ । आफन्तबाट भनेजस्तो सहयोग पाइने हुँदा काम गर्न सहज हुनेछ । खेल क्षेत्रमा चासो बढ्ने वा सहभागी हुन पाउन मन प्रसन्न हुनेछ ।


१०.मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) - व्यापार व्यवसाय फस्टाएर जानेछ भने आर्थिक अवस्था निकै राम्रो हुनेछ । मन पर्ने वस्त्र, अलङ्कार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्नेछ । साथीभाइ तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
११.कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) - खर्च बढ्ने तथा कामहरू नहुने प्रशस्त सम्भावना रहेको छ । आर्थिक स्थिति खस्केर जाने हुनाले घरायसी खर्च व्यवस्थापन गर्न हम्मे हम्मे पर्नेछ । पढाइ लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च हुने योग रहेको छ । व्यवसायबाट आम्दानी गर्न लगानी बढाउनु पर्ला । तर पनि छोटो दुरीको यात्रा हुने तथा विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ ।


१२.मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) - माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नी बिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरू पुरा हुनेछन् । व्यापार व्यवसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ भने आम्दानीका स्रोतहरू फराकिला हुनेछन् । खेलकुद, भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

प्रकाशित मिति: बिहीबार, साउन १४, २०८३  ०७:१०
प्रतिक्रिया दिनुहोस्