सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर २९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ४८ मिनेट । दिनमान ३३ घडी १८ पला ।
आजको बार बेला बिहान ५ बजेर २९ मिनेटसम्म लाभ बेला ।
बिहान ५ बजेर ३० मिनेटदेखि बिहान ७ बजेर ९ मिनेटसम्म अमृत बेला ।
बिहान ७ बजेर १० मिनेटदेखि बिहान ८ बजेर ४९ मिनेटसम्म काल बेला ।
बिहान ८ बजेर ५० मिनेटदेखि बिहान १० बजेर २९ मिनेटसम्म शुभ बेला ।
बिहान १० बजेर ३० मिनेटदेखि मध्यान्ह १२ बजेर ९ मिनेटसम्म रोग बेला ।
दिउसो १२ बजेर १० मिनेटदेखि दिउसो १ बजेर ४९ मिनेटसम्म उद्वेग बेला ।
दिउसो १ बजेर ५० मिनेटदेखि दिउसो ३ बजेर २९ मिनेटसम्म चर बेला ।
दिउसो ३ बजेर ३० मिनेटदेखि बेलुकी ५ बजेर ९ मिनेटसम्म लाभ बेला ।
बेलुकी ५ बजेर १० मिनेटदेखि बेलुकी ८ बजेर ९ मिनेटसम्म उद्वेग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल दिउसो १२ बजेर ८ मिनेटदेखि दिउसो १ बजेर ४८ मिनेटसम्म राहुकाल रहनेछ । नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त बिहान ३ बजेर ५३ मिनेटदेखि बिहान ४ बजेर ४१ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल १.मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) - अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्र पंतिमा तपाईँको नाम आउनेछ । जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ । व्यवसाय फस्टाएर भने लगानीको नयाँ वातावरण बन्नेछ भने आम्दानीमा बढोत्तरीको योग रहेको छ । बैक तथा वित्तीय क्षेत्रको शेयरबाट आम्दानी गर्न सकिनेछ । परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।
२.वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) - काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन् । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । र पनि कामको सिलसिलामा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरूका लागि आजको दिन फलदायी रहनेछ । परिवार तथा आफन्तका साथ मिष्टान्न भोजनको अवसर प्राप्त हुनेछ ।
३.मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) - व्यापारमा विशिष्ट व्यक्तिहरुको भेटघाटले लगानी बढाउन सहयोग पुग्नेछ । सामाजिक क्षेत्रमा तपाईँलाई सबैले मान्नेछन् भने नेतृत्व लिनु पर्ने अवस्था आउनेछ । जनताको कामहरू समयमा गर्न सकिने हुनाले इज्जत प्रतिष्ठा बढेर जानेछ । प्रेममा उच्च सफलता प्राप्त हुनेछ भने लामो समय देखिको प्रेमलाई विवाहमा परिणत गर्ने सहमति आफन्तबाट प्राप्त हुनेछ । आफन्त तथा परिवारका साथ खानपान तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ ।
४.कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) - इच्छाशक्ति बढ्नुका साथै काममा उत्साहजनक समय छ । प्रयत्न गरेको काम छिट्टै पुरा हुनेछन् । समयको सदुपयोग गरी मनग्गे लाभ लिन सकिनेछ । साथीभाइहरूको सहयोग पाइनेछ भने आफन्त तथा प्रशंसकहरू बढ्नेछन्। प्रतिष्ठा, मान–सम्मान आदि पाइने समय छ। नयाँ वस्त्र र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिएर जाला। नोकरीमा बढुवा वा सुगम स्थानमा स्थानान्तरणको योग रहेको छ । ५.सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) - प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागि समय उत्तम रहेको छ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । शुभ तथा मांगलिक समारोहमा सहभागी भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्राको तय हुनेछ । लेखन तथा साहित्यमा बाकी रहेको कामहरू फत्ते गर्न सकिनेछ । छोटो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रबल सम्भावना रहेको छ ।
६.कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) -स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । गोप्य सुचनाहरु बहिरिने हुँदा इज्जत प्रतिष्ठामा दाग लाग्न सक्छ ध्यान दिनुहोला । प्रशासनिक क्षेत्रमा तपाईँको निम्न स्तरको सहभागिता रहनेछ । तरपनि आफन्तसँग भेट भई मिष्टान्न भोजन ग्रहण गर्न पाउँदा मन प्रसन्न हुनेछ ।
७.तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) - तार्किक क्षमता वृद्धि भएर जानेछ भने वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ ।
८.वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) - प्रतिस्पर्धामा तपाईंको नम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्त तथा मित्रसँगको भेटघाटले मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।
९.धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) - बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । वित्तीय क्षेत्र तथा शेयरबजारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
१०.मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) - आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट भनेजस्तो आम्दानी गर्न सकिनेछ ।
११.कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) - साथीभाइको सहयोगले राम्रै सहयोग जुटाउन सकिनेछ । नयाँ काम गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइनेछ । प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । परिवारजनका आकांक्षा तथा इच्छाहरू पुरा गर्न सकिनेछ । छोटो दुरीको धार्मिक यात्राको योग रहेको छ ।
१२.मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) - पहिले गरेका कामबाट मनग्गे आम्दानी हुनेछ । समयमा स्रोत साधन तथा भौतिक सम्पत्ति जुट्नाले चाहेको काम सहजै सम्पादन हुनेछ । विद्या तथा प्रतिस्पर्धीहरू हार खानेछन् भने तपाईँको कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । परिवारका साथ रमाइलो वातावरण तथा हाँसखेलमा समय बित्नेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।