मध्यराति प्रधानमन्त्री बालेन्द्र शाहको अर्थपूर्ण पोस्ट : ‘ढिला होला, तर गलत हुँदैन’

शनिबार, साउन २३, २०८३

काठमाडौं, २३ साउन - प्रधानमन्त्री बालेन्द्र शाहले मध्यराति सामाजिक सञ्जालमार्फत छोटो तर अर्थपूर्ण सन्देश सार्वजनिक गरेका छन्। उहाँको पोस्टमा धैर्य गर्न, हतारमा निष्कर्षमा नपुग्न र वास्तविकता बुझ्न समय दिन आग्रह गर्नुभएकाे छ

शाहले आफ्नो फेसबुकमा लेख्नु भएकाे छ, “केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।”

त्यसपछि उहाँले बाहिरबाट देखिएको र सुनिएको विषयकै आधारमा वास्तविकता निष्कर्ष निकाल्न नहुने संकेत गर्नु भएकाे छ।उहाँले लेख्नु भएकाे छ, “सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ।”

प्रधानमन्त्री शाहको अर्को भनाइ भने संघर्ष र चुनौतीसँग जोडिएको देखिन्छ। उहाँले “कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन” भन्दै कठिन परिस्थितिमा पनि पछि नहट्ने भाव व्यक्त गर्नु भएकाे छ।

मध्यरातमा प्रधानमन्त्री शाहले सार्वजनिक गरेको उक्त पोस्टले सामाजिक सञ्जालमा विभिन्न अड्कलबाजीलाई जन्म दिएको छ। उहाँले पोस्टमार्फत कुन घटना, विषय वा परिस्थितिलाई संकेत गरेका हुन् भन्नेबारे भने कुनै स्पष्ट जानकारी  दिनुभएकाे छैन्

प्रधानमन्त्रीको पोस्टको समय र त्यसमा प्रयोग गरिएका शब्दका कारण राजनीतिक तथा समसामयिक घटनाक्रमसँग जोडेर यसको अर्थ लगाउने क्रम सुरु भएको छ। यद्यपि, शाह स्वयंले यसको पृष्ठभूमिबारे थप स्पष्ट नगरेसम्म पोस्टको वास्तविक सन्दर्भबारे यकिन गर्न सकिने अवस्था छैन।

छोटो शब्दमा गरिएको पोस्टमा धैर्य, प्रतीक्षा, वास्तविकता र संघर्षलाई जोड दिइएको देखिन्छ।

प्रकाशित मिति: शनिबार, साउन २३, २०८३  ०९:२५
प्रतिक्रिया दिनुहोस्