प्रतिनिधिसभामा आज प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिनुहुने

बुधबार, भदौ १०, २०८३

काठमाडौँ,१० भदौ - प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रतिनिधिसभा नियमावली, २०८३ को परिच्छेद–९ अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन, आव २०८१/८२ प्रस्तुत गर्नुहुनेछ । यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापारसम्बन्धी सम्झौता प्रस्तुत गर्नुहुनेछ ।

त्यस्तै, आज विधायन व्यवस्थापन समिति तथा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ ।
 

प्रकाशित मिति: बुधबार, भदौ १०, २०८३  ०६:४३
प्रतिक्रिया दिनुहोस्
समाचार