सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ, १७ भदौ - बाढी प्रभावितका लागि नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री राहत कोषमा स्वदेश तथा विदेशबाट आर्थिक सहयोग आउने क्रम बढेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सञ्चालन गरेको ‘उद्धार अनुरोध पोर्टल’मार्फत राहत तथा उद्धारका लागि प्राप्त सहयोगको विवरण पारदर्शी रूपमा सार्वजनिक गरिँदै आएको छ।
पोर्टलमा उल्लेखित विवरणअनुसार आज मध्यान्हसम्म ९ वटा वाणिज्य बैंकका खातामा ६ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रुपैयाँ जम्मा भएको छ। यसमध्ये १ अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रका लागि निकासा भइसकेको छ।
निकासा पश्चात् प्रधानमन्त्री राहत कोषमा ५ अर्ब ३६ करोड ६५ लाख ५१ हजार २२७ रुपैयाँ मौज्दात रहेको छ।
यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकमा ६१ लाख ११ हजार १४८ अमेरिकी डलर समेत जम्मा भएको जनाइएको छ।
बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न देश तथा संघसंस्थाहरूले थप आर्थिक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्। सरकारले प्राप्त सहयोग र खर्चको विवरण सार्वजनिक गर्दै सहयोगलाई प्रभावित क्षेत्रमा परिचालन गर्ने जनाएको छ।