भोटेकोशी बाढीपीडित

भोटेकोशी बाढीपीडितका लागि नेकपाद्वारा प्रधानमन्त्री राहत कोषमा २५ लाख जम्मा

बिहीबार, भदौ १८, २०८३

काठमाडाै‌,१८ भदाै - नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ जम्मा गरेको छ।

पार्टीले यसअघि गरेको निर्णयअनुसार बाढीपीडितको सहयोगका लागि पार्टीको तर्फबाट बिहीबार प्रधानमन्त्री राहत कोषमा उक्त रकम जम्मा गरिएको जनाएको हो।

नेकपाले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा पुनर्स्थापनाका काममा सक्रिय रूपमा जुट्न सिङ्गो पार्टी पङ्क्तिलाई परिचालन गरेको जनाएको छ। बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने तथा आवश्यक सहयोग र समन्वय गर्ने कार्यलाई पार्टीले प्राथमिकतामा राखेको छ।

बाढीपीडितको उद्धार तथा राहत कार्यमा आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘विपद् व्यवस्थापन डेस्क’ समेत स्थापना गरिएको पार्टीले जनाएको छ।

पार्टीले बाढीपीडित, पीडितका परिवार तथा आफन्तहरूबाट आवश्यक सूचना र सम्पर्क विवरण उपलब्ध गराउनसमेत अपिल गरेको छ। विपद्का कारण प्रभावित भएका नागरिकको अवस्था, उद्धार तथा राहतसम्बन्धी आवश्यक जानकारी डेस्कमार्फत समन्वय गर्न सकिने जनाएको छ।

बैक चेक

793161559_1098767152679931_3719160855860089549_n-(1)-1788447760.jpgबै‌कमा जम्मा गरेकाे भाैचर

792238832_1098767122679934_5411371374405098039_n-(1)-1788447830.jpg
 

प्रतिक्रिया दिनुहोस्
समाचार