सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडाै,१८ भदाै - राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार साँझ ७ बजेसम्म एक हजार २५९ जनाको शव फेला परेको छ ।
रसुवाबाट १२७, नुवाकोटबाट १७७, धादिङबाट ६०, गोरखाबाट ७२, तनहुँबाट ३८, नवलपरासी पूर्वबाट २१८, नवलपरासी पश्चिमबाट २१२ र चितवनबाट ३५५ शव फेला परेको छ ।
रसुवा जिल्ला प्रशासन कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार २१ सय ३० जना, नुवाकोट जिल्ला प्रशासन कार्यालयबाट प्राप्त तथ्याङ्क अनुसार २३ सय ४० जना र विदेशी नागरिक ५८३ गरी जम्म पाँच हजार ८३ जना सम्पर्कविहीन बनेका छन् ।
हालसम्म उद्धार गरिएकाहरुको सङ्ख्या १२ हजार ३८, हालसम्म सनाखत भइ बुझिलिएको शवको सङ्ख्या ९५, हालसम्म उपचार गरिएका घाइतेको सङ्ख्या पाँच हजार ३८४ रहेको छ ।
सुरक्षाकर्मी परिचालन २१ हजार ४०२ जना, हाल होल्डिङ सेन्टरमा रहेकाको सङ्ख्या तीन हजार ८४४ जना रहेका छन् ।