शान्तिनगर–३ भलानेटीमा दलित तथा सुकुम्बासी परिवारको संघर्ष समिति गठन

बिहीबार, भदौ १८, २०८३

दाङ,१८ भदाै‌ - दाङकाे शान्तिनगर गाउँपालिका–३, भलानेटीमा दलित तथा सुकुम्बासी परिवारको समस्या समाधान तथा पीडितलाई न्याय दिलाउन २१ सदस्यीय संघर्ष समिति गठन गरिएको छ।

केशव नेपालीको संयोजकत्वमा गठन गरिएको समितिको प्रवक्तामा सुशील परियार चयन भएका छन्। भलानेटामा भएको घटनाबाट पीडित परिवारलाई न्याय दिलाउन समिति गठन गरिएको जनाइएको छ। सदस्यहरु प्रेम प्रसाद बोहरा, छवि परियार, बिपिन ओलि, प्रेम बि क,वसन्त नेपाल,पुर्ण परियार , लगायतका रहेका छन् ।

संघर्ष समितिले पीडित परिवारले न्याय नपाएसम्म अभियानलाई निरन्तर अगाडि बढाउने जनाएको छ। साथै, घटनासँग सम्बन्धित प्रतिवेदन अध्ययन, अनुगमन तथा आवश्यक प्रतिवेदन तयार गर्न  समिति समेत गठन गरिएको बताइएको छ।

समितिले पीडित परिवारको माग सम्बोधन गर्न सम्बन्धित निकायलाई आग्रह गर्दै न्याय प्राप्तिका लागि आवश्यक संघर्षका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।।
 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  २१:१८
प्रतिक्रिया दिनुहोस्
समाचार