चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेलमै रात बिताए सेनाका उद्धारकर्मी

शुक्रबार, भदौ १९, २०८३

काठमाडौँ, १९ भदौ- चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार कार्यका लागि खटिएको नेपाली सेनाको १४ सदस्यीय टोलीले प्रतिकूल मौसमका कारण बिहीबार राति टनेलभित्रै रात बिताएको छ ।

मौसम प्रतिकूल भएपछि बाहिर फर्किन नसकेका सेनाका उद्धारकर्मी टनेलभित्रै बस्न बाध्य भएका हुन् । कठिन मौसम र चुनौतीपूर्ण परिस्थितिका बिच पनि नेपाली सेनाका सुरक्षाकर्मी उद्धार कार्यमा निरन्तर खटिएका छन् ।

विपद्का बेला जोखिमपूर्ण अवस्थामा समेत खोज तथा उद्धार कार्यमा अग्रपङ्क्तिमा रहेर खटिएका नेपाली सेनाका सुरक्षाकर्मीको साहस, समर्पण र सेवाप्रति उच्च सम्मान व्यक्त गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  ०८:०५
प्रतिक्रिया दिनुहोस्
समाचार