दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राप्ती गाउँपालिकामा दसैँको शुभकामना आदानप्रदान

बुधबार, असोज २८, २०८३
रुन्टीगढी गाउँपालिका Rolpa-दशै तिहार २०८३
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

मसुरिया, २८ असोज - दाङको राप्ती गाउँपालिकामा विजया दशमी २०८३ को अवसरमा कर्मचारीहरूबीच शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।

चाडपर्वको खुसी साटासाट गर्दै कर्मचारीबीच आपसी सद्भाव, भाइचारा र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

बुधबार गाउँपालिकाको कार्यालय मसुरियामा आयोजित कार्यक्रममा गाउँपालिकाका कार्यवाहक अध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाह, स्वास्थ्य शाखा प्रमुख नारायण राउतलगायत गाउँपालिका कार्यालय, वडा कार्यालय तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा कार्यवाहक अध्यक्ष चौधरीले विजया दशमीले आपसी एकता, सद्भाव र सामाजिक सम्बन्धलाई थप सुदृढ बनाउन सहयोग पुर्‍याउने बताउनुभयो। उहाँले चाडपर्वको अवसरमा एकअर्काबीच खुसी साटासाट गर्दै सकारात्मक सोच, आपसी सहयोग र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत राजेश मल्लाहले कर्मचारीहरूबीचको आपसी सम्बन्ध, समन्वय र सहकार्यले स्थानीय तहको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले चाडपर्वको उल्लाससँगै नागरिकलाई गुणस्तरीय, सहज र प्रभावकारी सेवा प्रदान गर्ने जिम्मेवारीलाई समेत प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्नुभयो।

स्वास्थ्य शाखा प्रमुख नारायण राउतले विजया दशमीको शुभकामना व्यक्त गर्दै दसैँमा खानपिनमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।

उहाँले सन्तुलित तथा स्वस्थकर खाना खान, सरसफाइमा ध्यान दिन र अस्वस्थकर खानपिनबाट जोगिन आग्रह गर्दै चाडपर्वको खुसीसँगै स्वास्थ्यको पनि ख्याल गर्नुपर्ने बताउनुभयो।

कार्यक्रमको सहजीकरण प्रशासन शाखा प्रमुख पृथ्वी पौडेलले गर्नुभएको थियो।

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  २१:२४
प्रतिक्रिया दिनुहोस्