सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
काठमाडौँ, २२ कात्तिक - १९ वर्षमुनिको एशिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ।
ओमानको अल अमेरातमा हुने खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजे सुरु हुनेछ। प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो।
यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल भारतसँग १० विकेटले पराजित भएको थियो। समूह ‘ए’ मा रहेको नेपालले आज यूएईसँग खेलेपछि मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताका लागि नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट रहेका छन्।
आगामी २८ कात्तिकसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल आजको खेल जित्दै पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ