तिहार तिहार
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली र पोखरा तथा चितवन र काठमाण्डौ खेल्दै

सोमबार, कात्तिक २३, २०८३
नेपाल बिद्युत प्राधिकरण - घाेराही वितरण केन्द्र दाङ
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडौँ, २३ कात्तिक - नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।

पहिलो खेल दिउँसो साढे १२ बजे कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच हुनेछ भने दोस्रो खेल बेलुका ५ बजे चितवन राइनोज र काठमाण्डौ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।

पछिल्लो अंकतालिकामा ७ अंकसहित लुम्बिनी लायन्स शीर्ष स्थानमा रहेको छ । काठमाण्डौ गोर्खाज र सुदूरपश्चिम रोयल्स समान ६ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन् । चितवन राइनोज ५ अंकसहित चौथो स्थानमा रहँदा जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किंग्सको समान ४ अंक छ ।

पोखरा एभेन्जर्स भने चार खेल खेल्दा पनि जितविहीन हुँदै अंकतालिकाको पुछारमा रहेको छ ।

भाइटीकाका दिन एनपीएलका कुनै खेल हुने छैनन् । बिहीबार विराटनगर किंग्स र पोखरा एभेन्जर्स तथा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच खेल हुने तालिका छ ।

प्रकाशित मिति: सोमबार, कात्तिक २३, २०८३  ०७:२६
प्रतिक्रिया दिनुहोस्