सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, २३ कार्तिक - तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमाण्डु गोर्खाजले चितवन राईनोजलाई १० रनले पराजित गरेको छ । साेमबार त्रिवि क्रिकेट मैदान कीर्तीपुरमा काठमाण्डुले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले ७ विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो ।
चितवनका रवि बोपाराले ३५ बलमा ३ छक्का र २ चौकासहित ५५ रनको अर्धशतकीय पारी खेले । यस्तै डन माउस्लीले ३२ बलमा ३ चौकासहित २९, कामिल मिशाराले ११ बलमा ३ छक्का र १ चौकासहित २८, अर्जुन साउदले २१ बलमा ४ चौकासहित २३ रन बनाए ।
>काठमाण्डुका सहज राचीगेले २, कप्तान करण केसी, जहनान्द खान, सन्तोष यादव र गणेश गौतमले समान १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाण्डुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रन बनाएको थियो