छठ छठ
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

छठ पर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै

आइतबार, कात्तिक २९, २०८३
नेपाल बिद्युत प्राधिकरण - घाेराही वितरण केन्द्र दाङ
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

काठमाडौं, २९ कार्तिक - छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिइँदैछ। चार दिनसम्म मनाइने छठ पर्वअन्तर्गत आज व्रतालुले निराहार व्रत बसी जलाशयमा उभिएर अस्ताउँदो सूर्यलाई अर्घ्य दिनेछन्।

कात्तिक शुक्ल चतुर्थीदेखि सुरु भएको पर्वको पहिलो दिन स्नान गरी एक छाक भोजन गर्ने र दोस्रो दिन खरना मनाउने परम्परा छ। खरनाका दिन सखर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाएर प्रसादका रूपमा ग्रहण गरिन्छ।

मुख्य दिन आज साँझ सूर्यलाई अर्घ्य दिएपछि व्रतालु रातभर जाग्राम बस्ने गर्छन्। भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ पर्व विधिवत् समापन हुनेछ।

छठ पर्वका लागि तराई–मधेशसहित काठमाडौं उपत्यका र देशका विभिन्न स्थानका नदी, पोखरी तथा जलाशय सजाइएको छ। केही वर्षअघिसम्म तराईका सीमित क्षेत्रमा मनाइने यो पर्व पछिल्लो समय देशभर विस्तार भएको छ।

त्यसैगरी सरकारले छठ पर्वको अवसरमा आज र भोलि सार्वजनिक बिदा दिएको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २९, २०८३  ०६:५३
प्रतिक्रिया दिनुहोस्