Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

रुन्टीगढी गाउँपालिकामा खोरेत रोग विरुद्धको निशुल्क खोप अभियान सञ्चालन हुदै

बिहीबार, मंसिर ३, २०८३
नेपाल बिद्युत प्राधिकरण - घाेराही वितरण केन्द्र दाङ
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

३ मङ्सिर रोल्पा, खोरेत रोग मुक्त जिल्ला अभियान अन्तर्गत खोरेत रोग सम्बन्धी पूर्णखोप कार्यक्रम रुन्टीगढी गाउँपालिकामा सञ्चालन हुने भएको छ। जसका लागि खोप लगाउन फिल्डमा खटिने भ्याक्सिनेटर हरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको हो। 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र लिबाङ रोल्पाको आयोजना तथा रुन्टिगढी गाउँपालिका पशु सेवा शाखा होलेरीको समन्वयमा खोप कार्यक्रम सञ्चालन हुँदैछ। "पशुहरूलाई नियमित खोरेत रोग विरुद्धको खोप लगाउ, समयमै रोग नियन्त्रण गरी पशुधनको आर्थिक क्षति हुनबाट जोगाउँ भन्ने मूल नाराका साथ यो खोप अभियान सञ्चालन गर्न लागिएको हो। खोरेत रोग खुर फाट्ने जनावरहरू जस्तै गाईभैंसी भेडा, बाख्रा बङ्गुर लाई लाग्ने हुँदा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पा द्वारा खटाइएका खोपकर्ताहरूबाट किसानकै घरदैलोमा पुगेर निःशुल्क रुपमा खोप अभियान सञ्चालन गरिने भएको छ। 

IMG_3251-1795101128.JPG
 

खोप अभियान सञ्चालन हुनु अगाबै खोप कार्यकर्ताहरूलाई खोप कसरी लगाउने कस्तो खालको पशुलाई लगाउने र कस्तो खालको पशुलाई नलगाउने भन्ने बारेमा रुन्टीगढी गाउँपालिकाको कार्यालयमा आएर पशु प्राविधिकहरू तथा अन्य खोप कार्यकर्ताहरूलाई भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका कार्यालय प्रमुख एवं डा शंकर न्यौपाने द्वारा सचेतना मूलक जानकारी गराइएको छ। रुन्टीगढी गाउँपालिका रोल्पा मा खोप आई सकेको हुनाले अब छिटै खोप सञ्चालन हुने डा. शंकर न्यौपानेले जानकारी दिनु भयो । खोरेत रोग  जनावरलाई लागे पछि निको नहुने भएकोले यो रोग लाग्नु अगाबै खोप लगाउनु पर्ने आवश्यक रहेको  डा. न्यौपानेले बताउनु भयो। 

त्यस्तै कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष जनक पुनले  खोप रुन्टीगढी गाउँपालिकाका कुनै पनि किसानको पशुहरुलाई नछुटाई लगाईदिन सुझाव सहित निर्देशन दिनु भएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ३, २०८३  २०:५७
प्रतिक्रिया दिनुहोस्