सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
३,मङ्सिर रोल्पा ,पालिका स्तरीय मानसिक स्वास्थ्य नीति सम्बन्धि सरोकारवालासंगको परामर्श तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। मानसिक स्वास्थ्य नीतिलाई कार्यान्वयनमा लग्नका के कस्ता कुराहरु आवश्यक हुन सक्छ भन्ने विषयमा सरोकारवालाहरूसँग छलफल भएको हो।
छलफलमा मानसिक स्वास्थ्यको अवस्था त्यसको कारकतत्व र मानसिक स्वास्थ्य के के कारणले हुन सक्छ भन्ने विषयमा सरोकारवाला निकायहरुले आफ्नो धारणा समेत व्यक्त गर्नुभएको थियो। भने स्वास्थ्यकर्मी टोलीहरूले मानसिक स्वास्थ्य अवस्थाको बारेमा अहिले के कस्तो छ भनेर तथ्याङ्क समेत प्रस्तुत गर्नुभएको थियो थियो। तथ्याङ्क मा देखिएका नम्बर कम आउनुको कारण के हुन सक्छ भन्ने बारेमा पनि छलफल भएको थियो। विशेष त मानसिक स्वास्थ्य अहिले संसारमा भयावह रूप को रुपमा देखा परिरहेको अवस्थामा यसलाई न्यूनीकरण गर्न के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भएको थियो।
मानसिक स्वास्थ्य नीति सम्बन्धी सरोकारवालासँगको परामर्श तथा अन्तरक्रिया कार्यक्रमको अध्यक्षता रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले गर्नुभएको थियो। यो कार्यक्रम कपिलवस्तु इन्टिग्रेटेड देभलवमेन्ट तथा सर्भिसेस किड्स को समन्वय तथा संयुक्त राष्ट्रसङ्घीय ( unfpa) को आर्थिक तथा प्राविधिक सहयोगमा भएको हो।