Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

सन्चारकर्मी दिनेश अधिकारीको जरो उपन्यास पढ्दै जादा !!!

शुक्रबार, जेठ ४, २०८१

रेडियो तुलसीपुरमा धेरै बर्ष संगै काम गरेको भाई सन्चारकर्मी दिनेश अधिकारीको उपन्यास जरो पढ्ने मौका पाएँ । खुसी लाग्यो । यो उपन्यास मुलत सामाजिक परिवेशमा लेखिएको एक वास्त्विक घटनालाई आधार बनाएको उपन्यास हो । उसोत् यो उपन्यास भित्र जीवन भोगाइका हरेक कुराहरु समेटिएका छन् । माया र प्रेमको रंगीन दुनियाभित्र खेलेका लुकामारीका खेलहरुलाई वडो कलात्मक ढंगले पस्किएको उपन्यास आफैँमा रोमान्सले भरिएको छ भने अर्कोतिर जातिय छुवाछुतलाई आधार बनाएर लेखिएको यो उपन्यासले एक्काइसौ शताव्दीमा आइपुग्दा पनि नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुत प्रथालाई धज्जी उडाउँदै खबरदारीको भाषा बोलेको छ ।  त्यतिमात्र होइन लेखकले आफ्नो वालापन सम्झिदै गरेको दृश्यलाई नियाल्दा यस्तो लाग्छ जीवन आफैँमा एक भोगाइ रहेछ  ।

सानो छँदा बुवाको हात पकड्दै कान्लामा पुगेर कान्लाबाट तल हाम फाल्दै खेलेको सम्झिएँ, बर्षायाममा धानको बीऊ ओसार्दै हिलोमा हाम्फाल्दै हिलाम्य भएको सम्झिएँ, आमाले रोपाइँ गर्दा हिलोमा नखेल बाबुभन्दा पनि अटेर गरेर हिलो छ्यापाछ्याप गरेर निथ्रुकै भिजेको सम्झिएँ, बाउसेले लिड्को लगाउँदा, लिड्कोमा चढेको बेलामा झाले गोरुले लात हानेर मलाई हिलोमा पछारेको थियो । त्यो बेला आमाको धोतीको फेर पकड्दै रोएको र आमाले “के भयो बाबु” भन्दै अंगालेर माया गरेको सम्झिएँ, ईजार भएको कट्टु लगाएर गाउँमा गीठे, काइँलो र रामेसँग गुच्चा खेल्दा हारेर पछारपछार गरेको सम्झिएँ ।


त्यतिमात्र होइन अन्तरजातिय विवाहको बारेमा पछिल्लो समयमा घटेका डरलाग्दा घटनाहरुले जो कोहीको पनि मनमा चिसो पस्छ । लेखकको मनमा पनि यस्तै परेको हुनुपर्छ । उनी भन्छन् अन्तर्जातीय प्रेमको सम्बन्धका कारण घटना भएको समाचार सुनेर मेरो दिमागमा नकारात्मक छाप परेको हुँदो हो, केही नबोली सरासर हामी रुकुम खलंगा आइपुग्यौं । मलाई गीठे, काइँलोसँग करा गर्न पनि मन लागेन, पछि भेटहौंला भन्दै म रातामाटा, राहुखेत, छिन्खेत हुँदै मेरो घर रुकुम बाफिकोट पुगेँ ।

के रुकुम जिल्ला अझै अन्धविश्वासमा रुमल्लिरहेको छरु के हाम्रो  समाज अझै जातीय विभेदको जालोबाट उम्कनसकेको छैनरु अब म यो विषयमा आवाज उठाउने छु, जसरी दलित र पिछडिएका  वर्गको आत्मसम्मान हुनेछ । यो पुरानो सयौ वर्षअगाडिको रुढिवादी परम्परालाई मैले अन्त्य गर्नुपर्दछ । म प्रण गर्छु, म अवश्य पनि अन्धविश्वासलाई उखेलेरै फ्याँक्नेछु ।

समग्रमा जरो उपन्यास समसामयिक विषयवस्तुलाई आधार बनाएर लेखिएको उपन्यास हो । उसोत, लेखको पहिलो कृति भएको कारण भाषागत केही समस्या हुनु ठुलो कुरो होइन । प्रयास प्रशंसनीय नै छ । कितावको आकार चिटिक्क परेको लोभलाग्दो देखिन्छ । जेहोेस। आगामी दिनमा अझ राम्रो लेखनीय यात्रा बनोस् । साधुवाद छ लेखकलाई ।

 

प्रकाशित मिति: शुक्रबार, जेठ ४, २०८१  २२:४५
प्रतिक्रिया दिनुहोस्
समाचार