दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

राजेन्द्र लिङ्देनले रोष्टममै च्याते बजेट पुस्तिका

मंगलबार, असार ४, २०८१
शान्तिनगर गाउँपालिका-दशै तिहार २०८३

 काठमाडौं -  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बजेट पुस्तिका च्यात्नु भएको छ । उहाँले प्रतिनिधिसभाको रोष्टममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यात्नु भएको हो ।

उहाँले बजेटप्रति सुरुबाट नै विरोध जनाउँदै आउनु भएको थियो । मंगलबार प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उहाँले बजेट पुस्तिका च्यात्नु भएको थियो ।

उहाँले , ‘सामान्यतयाः म आफूलाई हेर्दा कम आक्रोश पोख्ने, कम रिसाउन मान्छे हो । रिस उठ्छ कहिलेकाहीँ तर एकछिनपछि सेलाउने र मन बुझाउने ठान्छु । तर, जब भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा पर्‍यो त्यो दिनदेखि म यसरी तातिएको छु कि यसरी च्यातेर हुर्‍याउने मन छ । तर, यो संसदीय मर्यादा विपरीत हुन्छ भनेर यहाँ राख्छु मैले १’

उअँले भौतिक पूर्वाधार मन्त्रालयको बजेटको पुस्तिका हातमा परेपछि नै आफूलाई रिस उठेको बताउनु भयो।

ृउहाँले  भन्नु भयो सामान्य लाज घिन समेत नराखेर सरकारले मनपरी गरेको आरोप लगाएका छन् । उहँले आफूखुसी जिल्लाको नाम समेत नराखी योजनामा बजेट राखेको बताउनु भयो ।

उहाँले भन्नु, ‘बजेट बनाउँदा सरकारमा भएका मन्त्रीहरूले आफूखुसी गरे ।’

आठ ९ वटा चरण पार गरेपछि योजना पास गरेको सम्झँदै अहिले बजेट मन्त्रीको गोजीबाट आउने बताउनु भयो ।

उहाँले भन्नु भयो, ‘प्रधानमन्त्रीलाई गोरखा दुई भए पुग्छ । मन्त्रीलाई आफ्नो ठाउँ भए पुग्छ । बाउले कमाएको सम्पत्तिमा पनि आफूखुसी गर्न पाइन्न । यो त  सरकारको सम्पत्ति हो । यो निर्वाचन प्रणाली सुधार गरौँ ।’

 

प्रकाशित मिति: मंगलबार, असार ४, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी