बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन माओवादीको ह्वीप

बुधबार, असार २६, २०८१

काठमाडौं - नेकपा(माओवादी केन्द्र) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई असार २८ गते लिने विश्वासको मतका लागि ह्वीप जारी गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

बुधवार बसेको माओवादी केन्द्रको संसदीय दल बैठकले प्रधामन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन निर्देशन ९ह्वीप० दिने गर्ने निर्णय गरेको हो ।

त्यस्तैगरी  बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिन प्रतिनिधि सभामा रहेका अन्य राजनीतिक दलहरुलाई अपील गरेको छ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संविधानको रक्षा, संविधानको कार्यान्वयन र जनताको हित चाहने राजनीतिक दल तथा स्वतन्त्र सांसदहरुलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिन आह्वान गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा वामपन्थी शक्तिहरुको बीचमा एकता र समाजवादी मोर्चालाई पनि अगाडि बढाउने विषयमा प्रधानमन्त्री प्रचण्डले स्पष्ट पार्नुभएको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘‘हामी २८ गते विश्वासको मत संविधानका व्यवस्था अनुसार लिने । विश्वासको मतका लागि हाम्रो दलको तर्फबाट ह्वीप जारी गर्ने सँगसँगै संविधान कार्यान्वयनका लागि, संविधान रक्षाका लागि र नेपाली जनताको लागि हित चाहने प्रतिनिधिसभाका सबै राजनीतिक दल, स्वतन्त्र माननीय सदस्यहरुलाई पनि विश्वासको मतको पक्षमा मत दिन अपील गर्ने, आह्वान गर्ने, कुराकानी गर्ने भन्ने निर्णय भएको छ । विश्वासको मतमा आएको परिणामको आधारमा एकताबद्ध भएर जनताको पक्षमा, संविधान कार्यान्वयनको पक्षमा, सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा दृढताका साथ लड्ने भन्ने विषयवस्तु भयो । हाम्रो पार्टीको तर्फबाट अध्यक्षले जसरी वामपन्थीहरु बिचको एकतालाई अगाडि बढाउने बारेमा समाजवादी मोर्चालाई अगाडि बढाउने बारेमा जुन कुराकानी भएको थियो । कहिँ न कहीँ यो के हुने हो भन्ने स्थिति थियो । अहिले यसले धेरै स्पष्ट बनाएको छ । अब हामी सशक्तका साथ प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रस्तुत भएर अगाडि बढ्ने भन्ने निर्णय भएको छ ।’’

प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसँग सरकारलाई निरन्तरता दिने वचन दिएर काँग्रेससँग सरकार बनाउने सहमती गरेको ब्रिफिङ गर्नुभएको प्रमुख सचेतक पाण्डेले जानकारी दिनुभयो । पाण्डेले प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्थामा संविधानको धारा ७६९३० बमोजिमको सरकार बन्ने दाबी पनि गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, असार २६, २०८१  १७:१८
प्रतिक्रिया दिनुहोस्