Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

चौधरी ग्रुपद्वारा नेपाल क्रिकेट सङ्घलाई १० लाख रुपैयाँ हस्तान्तरण

बुधबार, साउन २, २०८१

दाङ - चौधरी ग्रुप (सीजी)ले नेपाल क्रिकेट सङ्घ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । भर्खरै सकिएको आईसीसी टी–२० विश्वकप क्रिकेटमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप सीजी फुड्सले गरेको घोषणाअनुसार आज ललितपुरमा आयोजित एक कार्यक्रमकाबीच सीजी फुड्सका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० प्रदीप पुडासैनीले क्यानका सचिव पारस खड्कालाई चेक हस्तान्तरण गर्नुभएको हो ।

सीजीले टी–२० विश्वकपमा प्रत्येक रनका लागि एक हजार, प्रत्येक चौकाका लागि आठ हजार, प्रत्येक छक्काका लागि १२ हजार रुपैयाँ दिने घोषणा गरेको थियो । यस्तै प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतकबापत ५० हजार, प्रत्येक शतकबापत एक लाख र नेपाली टिमको प्रत्येक जीतमा एक लाख ५० हजार रुपैयाँ दिने घोषणा गरेको थियो । त्यसैगरी नेपाली टिम सुपर–८ मा पुगेमा ३० लाख रुपैयाँ दिने पनि सीजीले घोषणा गरेको थियो । तर नेपाली टोलीले एक खेल पनि जितेन ।

यही घोषणाअनुसार नेपाली टिम र खेलाडीको समग्र प्रर्दशनअनुसार ९ लाख ४४ हजार भएकोमा सीजीले यो रकममा ५६ हजार रुपैयाँ थप गरी १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

यसैगरी सीजीले नेपाली क्रिकेटप्रेमी दर्शकलाई हौसला तथा उत्साह प्रदान गर्ने उद्देश्यले विश्वकप अवधिभर वाईवाई क्रिकेट ुप्रडिक्ट एन्ड विन कन्टेस्टु सञ्चालन गरेको थियो । जसअन्तर्गत पहिलो, दोस्रो र तेस्रो पुरस्कार विजेतालाई क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपैयाँ प्रदान गरेको सीजीले जनाएको छ । यस्तै ुटुर्नामेन्ट प्रेडिक्शनु अन्तर्गत चार जना विजेतालाई १५ हजार रुपैयाँ प्रदान गरिएको छ ।

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
समाचार