Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

क्यानले पायो आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड

बुधबार, साउन २, २०८१

दाङ -  नेपाल क्रिकेट सङ्घ (क्यान) ले  ‘आइसिसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड पाएको छ। आइसिसीले डिजिटल फ्यानको इन्गेजमेन्टको आधारमा क्यानलाई उक्त अवार्ड दिएको हो। 

बुधबार क्यानले आफ्नो अफिसियल फेसबुकमार्फत् उक्त अवार्ड पाएको जानकारी गराएको हो। क्यानले यो अवार्डले विश्वभरका फ्यानसँग जोडिने नयाँ रणनीतिलाई दर्साउने उल्लेख गरेको छ। 

क्यानले यो अवार्डका लागि क्रिकेटका प्रशंसक र दर्शकलाई धन्यवाद दिएको छ। 

प्रकाशित मिति: बुधबार, साउन २, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्
समाचार