बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा आचार्यको दावी पेस

सोमबार, साउन ७, २०८१

दाङ - नेकपा (एमाले) लुम्बिनी प्रदेश संसदीय दलका उपनेता चेतनारायण आचार्यलाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनाउन प्रदेश प्रमुखसमक्ष दावी पेस गरिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

नेपाली कांग्रेस र नेकपा एमालेका ५६ जना सांसदको हस्ताक्षरसहित सोमबार प्रदेश प्रमुखको कार्यालय बुटवलमा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेस गरिएको हो ।

लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व पहिले एमालेले गर्ने सहमति भएपछि सोमबार एमालेका उपनेता आचार्यले मुख्यमन्त्रीमा दावी पेस गर्नुभएको हो ।

त्यसअघि मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश सभामा सम्बोधन गर्नुहुँदै  राजीनामा दिएसँगै मुख्यमन्त्रीको पद रिक्त भएको थियो ।

प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आज साँझ ६ बजे सम्मको समय सीमा दिएर दलहरुलाई आह्वान गर्नुभएको थियो ।

८७ सांसद रहेको लुम्बिनी प्रदेशमा सबैभन्दा ठूलो दलको रूपमा रहेको एमालेसँग २९ जना सांसद छन् भने कांग्रेसका २७ जना सांसद छन् । 

लुम्बिनी प्रदेशमा सरकार गठन गर्न ४४ जना सांसदको समर्थन आवश्यक पर्छ ।
 

प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्