ग्लोबल टी-२० : दोस्रो खेलमा सन्दीपले लिए दुई विकेट, भ्यानकुभर २२ रनले पराजित

आइतबार, साउन १३, २०८१

दाङ – नेपालका लेग स्पिनर सन्दीप लामिछाने र अलराउन्डर दीपेन्द्र सिंह ऐरी सहभागी भ्यानकुभर नाइट्सले ग्लोबल टी–२० क्यानडा लिगमा लगातार दोस्रो हार खाएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

शनिबार साँझ भएको खेलमा बंगला टाइगर्स मिसिसाउगाविरुद्ध पहिले बलिङ गरेको भ्यानकुभर २२ रनले पराजित भएको हो।

उक्त खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर लामिछानेले दुई विकेट लिए। पुरै चार ओभर बलिङ गर्दा उनले ३२ रन खर्चिएर दुई विकेट हात पारेका हुन्। ब्याटिङतर्फ दीपेन्द्र भने चल्न सकेनन्। २ बलको सामना गरेका उनले १ रन मात्र जोडे। ब्याटिङतर्फ नटआउट रहेका सन्दीपले तीन बलको सामना गर्दै २ रन जोडे।

प्रकाशित मिति: आइतबार, साउन १३, २०८१  ०६:३२
प्रतिक्रिया दिनुहोस्