दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

काभा महिला भलिबल लिगमा नेपालको पहिलो हार

काभा महिला भलिबलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित
सोमबार, साउन २१, २०८१

दाङ - काभा महिला भलिबल लिगमा नेपालले पहिलो हार बेहोरेको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हिजो भएको खेलमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको हो ।

नेपाललले पहिलो सेट १६–२५ ले गुमायो । तर दोस्रो सेटमा नेपालले २५–१६ ले जित्दै खेललाई १–१ को बराबरीमा पुर्‍यायो ।  तेस्रो सेटमा इरानले २५–२३ ले जित्यो भने चौथो सेट नेपालले २५–१५ ले आफ्नो पक्षमा पारेको थियो ।  पाँचौ सेटमा फेरि इरानले १५–१३ ले जित्दै नेपाललाई हराएको थियो ।

इरानले ४ खेलबाट ७ अङ्क बनाउँदा नेपालले ३ खेलबाट ६ अङ्क बनाएको छ । भारतसँग ७, श्रीलङ्कासँग ४ र माल्दिभ्स अङ्क विहिन छ । हिजो भएको पहिलो खेलमा माल्दिभ्स श्रीलङ्कासँग हारेसँगै सेमिफाइनलमा पुग्ने चार टिमको टुङ्गो लागिसकेको थियो ।

नेपाल, भारत, इरान र श्रीलङ्का सेमिफाइनलमा पुगिसकेका छन् । लिग चरणको अन्तिम दुई खेल आज हुँदैछ । आज श्रीलङ्का र भारत तथा नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।

 

प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  ०७:३८
प्रतिक्रिया दिनुहोस्