Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

आइसिसी विश्वकप क्रिकेटमा बङ्गलादेशलाई नेपालको १७० रनको लक्ष्य

बुधबार, माघ १७, २०८०

काठमाडौँ - दक्षिण अफ्रिकामा जारी आइसिसी विश्वकप क्रिकेटको सुपर सिक्सको पहिलो खेलमा नेपालले बङ्गलादेशलाई १७० रनको लक्ष्य दिएको छ। 

टस जितेर ब्याटिङ रोजेको नेपालले ४९ ओभर ५ बलमा १० विकेट गुमाउँदै १६९ रन बनाएको हो। नेपालका लागि विशालविक्रम केसीले सर्वाधिक ४८ रन बनाउनुभयो। उहाँ दुई रनले अर्धशतक बनाउन चुक्नुभयो। सय बल खेल्दै उहाँले चार चौकाको मद्दतमा ४८ रन बनाउनुभएको हो। 

नेपालका कप्तान देव खनालले ६० बल खेल्दै ३५ रन जोड्नुभयो। सुवास भण्डारीले नटआउट १८ रन जोड्नुभयो भने अर्जुन कुमाल २६ बल खेल्दै १४ रन बनाएर आउट हुनुभयो। अन्य ब्याट्सम्यानले भने दोहोरो अङ्क जोड्न सक्नुभएन। 

बङ्गलादेशका रोहन दौलाह बोरसनले ४ विकेट लिनुभयो भने सेख पैभेज जीबोनले ३ विकेट हात पार्नुभयो। बङ्गलादेशले केही बेरमा जवाफी ब्याटिङ गर्दैछ। 

नेपालले सुपर सिक्सको दोस्रो खेल शुक्रबार भारतसँग खेल्नेछ।  विश्वकपमा समूह  ‘डी’ बाट प्रतिस्पर्धा गरेको नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो भने दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको हार खेपेको थियो। अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले हराउँदै सुपर सिक्समा स्थान बनाएको थियो। 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  १८:२३
प्रतिक्रिया दिनुहोस्
समाचार