प्रतिनिधि सभाबाट टीआरसी विधेयक सर्वसम्मतिले पारित

बुधबार, साउन ३०, २०८१

काठमाडौं - संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विधेयक बुधबार प्रतिनिधिसभाको बैठकबाट सर्वसम्मतिले पारित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक,२०८१ पारित गरेको हो ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

प्रतिनिधिभाबाट पारित भएसँगै अब उक्त विधेयकमाथि राष्ट्रियसभामा पनि छलफल हुनेछ ।

शीर्ष तीन दलको कार्यदलले विवादिद बिषयमा सहमति जुटाएपछि कानुन न्याय तथा मानव अधिकार समितिले उक्त विधेयकलाई सर्वसम्मत रुपमा पारित गर्दै प्रतिनिधिसभामा पेश गरेको थियो ।

२०७९ चैत ५ गते प्रतिनिधि सभामा प्रस्तुत भएको विधेयकलाई २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन ३०, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
समाचार