स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकार गम्भीर छ : स्वास्थ्यमन्त्री पौडेल

सोमबार, भदौ १०, २०८१

काठमाडौं -  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर भएर लागेको बताउनु भयो ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

परोपकार प्रसूति तथा महिला स्वास्थ्य अस्पतालको वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले नागरिकले सहज र सुलभ तवरले सेवा लिनसक्ने गरि स्वास्थ्य क्षेत्रको सुधारका लागि गम्भीर भएर लागेको बताउनु भयो ।


स्वास्थ्य क्षेत्रका कर्मचारीहरूको सेवा सुविधालाई समायानुकुल बढाउनका लागि अध्ययन भइरहेको उनले बताए । मन्त्री पौडेलले सुरक्षाको अनुभूति हुने गरि स्वास्थ्कर्मीलाई सेवा प्रवाहको वातावरण बनाइने समेत धारणा राख्नु भएको थियो।

प्रसूति तथा महिला स्वास्थ्य अस्पतालको सेवा तुलनात्मक रुपमा व्यवस्थित रहेको भन्दै मन्त्री पौडेलले अस्पतालको प्रभावकारिता थप बढाउन आवश्यक रहेको उल्लेख गर्नु भएको थियो  ।

प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १४:४९
प्रतिक्रिया दिनुहोस्