Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

नेकपा एमाले बंगलाचुलीको दोस्रो पालिका अधिवेशन सुरु

बिहीबार, भदौ १३, २०८१

कमिरेचौर - नेकपा एमाले बंगलाचुलीको दोस्रो पालिका अधिवेशन सुरु भएको छ । नेकपा एमाले बंगलाचुली गाउँपालिका कमिटि अध्यक्ष यमुना घर्ति थापाको अध्यक्षता तथा एमाले दाङ जिल्ला इन्चार्ज तथा पोलिटब्युरो सदस्य नरुलाल चौधरीको प्रमुख आतिथ्यता एवं नेकपा एमालेका केन्द्रिय सदस्य तथा दाङ क्षेत्र नम्बर २ का इन्चार्ज जिवन गौतमको विशिष्ट आतिथ्यतामा सुरु भएको अधिवेशन अहिले जारी छ ।

कार्यक्रममा पार्टीका क्षेत्र नम्बर ३ का संयोजक सुदन केसि, जिल्ला सचिव श्याम डाँगी, जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी, बंगलाचुली गाउँपालिका इन्चार्ज भेषराज खत्री, जिल्ला अध्यक्ष शिव कुमार आचार्य, प्रदेश सचिव लक्षमण आचार्य केन्द्रिय सदस्य जिवन गौतम लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांश बक्ताहरुले नेकपा एमाले अहिले मिसन २०८४ मा केन्द्रित रहेको र ०८४ मा पालिकामा सिट संख्या बढाउने र संघ प्रदेशको चुनावमा एक्लै बहुमत ल्याउने बताएका थिए ।

नेकपा एमाले बंगलाचुली गाउँपालिका कमिटि उपाध्यक्ष लिला बहादुर पाठा मगरको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन पार्टी सचिव दल बहादुर खत्रीले गर्नुभएको हो । अधिवेशनले पालिकाको नयाँ कमिटी चयन गर्नेछ । त्यहि विषयमा अहिले छलफल भइरहेको अधिवेशनमा सहभागि शुसिल परियारले जानकारी दिनुभयो ।

प्रकाशित मिति: बिहीबार, भदौ १३, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्
समाचार