अनशन बसेका पूर्व मुख्यमन्त्री केदार कार्की पक्राउ

मंगलबार, भदौ २५, २०८१

विराटनगर - कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीलाई अनशनस्थलबाटै प्रहरीले पक्राउ गरेको छ। अनशनमा साथ दिइरहेका ८ जनालाई पनि कार्कीसँगै पक्राउ गरिएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

पूर्व मुख्यमन्त्री कार्कीलाई अनशनस्थलबाटै पक्राउ गरेपछि स्थिति तनावग्रस्त बनेको छ।

उहाँ आज दिउँसो ४ बजेदेखि आमरण अनशन बस्ने जानकारी पाएपछि मोरङ जिल्ला प्रशासनले दिउँसो ३ बजेदेखि लागू हुने गरी निषेधित क्षेत्र घोषणा गरेको थियो।

कार्की भने प्रदेश सरकारसँग विभिन्न ९ वटा माग राख्दै मंगलबार दिउँसो ४ बजेदेखि आमरण अनशनमा बस्नु भएको थियो ।

उहाँको समर्थनमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिति थियो। उनीहरूको उपस्थितिकैबीच प्रहरीले कार्कीलाई अनशन स्थलबाट पक्राउ गरेको हो।

पूर्वमुख्यमन्त्री कार्कीलाई उहाँकै निवास मोरङ बुढीगंगा छोड्ने प्रहरीले मोरङ प्रहरीले बताएको छ।

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  २०:५८
प्रतिक्रिया दिनुहोस्
समाचार