बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

लुम्बिनी प्रदेश कांग्रेस सचेतक निमा गिरीद्वारा पदबाट राजीनामा

मंगलबार, असोज १, २०८१

दाङ  -  नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निमा गिरीले पदबाट राजीनामा दिनुभएको छ । संसदीय दलका नेता डिल्लीबहादुर चौधरी समक्ष गिरीले आज सोमबार राजीनामा बुझाउनुभएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

विविध कारणले आगामी दिनहरूमा सचेतकको भूमिका निर्वाचन गर्न असमर्थ रहेकाले राजीनामा दिएको उल्लेख गर्नुभएको छ । गिरी २०७९ साल चैत २९ गते सचेतक बन्नुभएको थियो । उहाँले करिब १८ महिना गिरीले सचेतकको जिम्मेवारी निर्वाह गर्नुभएको थियो ।

गिरीले आइतबार महिला सांसदसहित संसदीय दलका नेता चौधरीलाई भेटेर सरकारमा कांग्रेसबाट एक जना महिला मन्त्री बनाउन आग्रह गर्नुभएको थियो ।

पछिल्लो कांग्रेस–एमाले गठबन्धन सरकारमा गिरी पनि मन्त्रीको आकाङ्क्षीका रूपमा रहनुभएको थियो । वर्तमान सरकारमा कांग्रेसबाट दुई जना मन्त्री पठाउन बाँकी छ । Resioan-1726538346.jpeg
 

 

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्