बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

आइसिसी विश्वकप क्रिकेटमा  भारतले नेपाललाई दियो २९८ रनको  लक्ष्य

शुक्रबार, माघ १९, २०८०

काठमाडौँ - दक्षिण अफ्रिकामा जारी आइसिसी यु–१९ विश्वकपको सुपर सिक्सको दोस्रो खेलमा भारतले नेपाललाई  दुई सय ९८ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । माङ्गाउङ ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ९७ रन बनाएको हो । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

भारतका लागि सचिन दास र कप्तान उदय सरनले शतकीय पारी खेल्नुभयो । सचिनले एक सय १६ रन बनाउनुभयो । उहाँले एक सय एक बलमा ११ चौका र तीन छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । उदयले सय रन बनाउनुभयो । उहाँले एक सय सात बलमा नौ चौकाको सहयोगमा शतक बनाउनुभएको हो ।

यस्तै ओपनर आर्दश सिंहले २१, प्रियांशु मोलियाले १९, आर्सिन कुलकर्नीले १८ र मुसिर खानले अविजित नौ रन बनाउनुभयो । बलिङमा नेपालका गुलशन झाले तीन तथा र अकाश चन्दले एक विकेट लिनुभयो । 

नेपाल सुपर सिक्सको पहिलो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । सुपर सिक्सको खेल अघिनै सेमिफाइनल दौडबाट बाहिरिएको नेपाल आज भारतलाई हराउँदै प्रतियोगिताको सुखद अन्त्य गर्ने योजनामा छ । 

भारतसमेत पराजित रहँदै तीन खेलमा ६ अङ्कका साथ शीर्षस्थानमा छ । नेपाललाई हराए भारत सेमिफाइनलमा पुग्नेछ । भारत पराजित भए पनि नेट रनरेटको आधारमा सेमिफाइनलमा पुग्ने सम्भावना बलियो छ । 

प्रकाशित मिति: शुक्रबार, माघ १९, २०८०  १७:५०
प्रतिक्रिया दिनुहोस्