Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM
त्रिकोणात्मक टि-२० सिरिज

त्रिकोणात्मक क्रिकेट सिरिजको उपाधि क्यानडाले जित्यो

क्यानडाले ओमानलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्यो
शुक्रबार, असोज १८, २०८१

दाङ - त्रिकोणात्मक टि-२० सिरिजको उपाधि क्यानडाले जितेका छ। क्यानडाको किङ्गसिटीमा सम्पन्न खेलमा क्यानडाले ओमानलाई पाँच विकेटले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो।

तीन देश सम्मिलित उक्त सिरिजमा क्यानडा शीर्षस्थानमा रहँदै प्रतियोगिताको उपाधिमाथि कब्जा जमाएको हो। क्यानडाले पहिलो खेलमा नेपाललाई १४ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाललाई चार विकेटले पराजित गरेको थियो। त्यसैगरी ओमानविरुद्धको पहिलो खेलमा क्यानडा आठ विकेटले पराजित भएको थियो।

त्यस्तैगरी सिरिजमा नेपाल भने दोस्रो स्थानमा रह्यो। यसअघि नेपालले ओमानलाई पहिलो खेलमा ३७ रन तथा दोस्रो खेलमा ५६ रनले हराएको थियो। आजको खेलमा ओमानले दिएको ८३ रनको लक्ष्यलाई क्यानडाले १४ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्यो। क्यानडाका लागि कप्तान निकलोस कृतनले सर्वाधिक २० रनको योगदान दिए भने हर्ष ठाकरले १८ रन बनाए। त्यस्तै दिलप्रित बजवाले १४ तथा नभनित धलिवालले ११ रन बनाए।

ओमानका अकिब इलियासल र कालिमउल्लाहले समान दुई–दुई विकेट लिए भने जिसन मक्सुदले एक विकेट झारे। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको ओमानले १९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ८२ रनको योगफल बनाएको थियो। ओमानको लागि कप्तान अकिब इलियासले सर्वाधिक ३५ रनको योगदान दिए। उनले ४४ बलमा तीन चौका र एक छक्काको सहायताले ३५ रन जोडेका हुन्। त्यसैगरी शाकिल अहमदले १८ रन जोड्नेबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। साभार खबरहब

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  ०५:३०
प्रतिक्रिया दिनुहोस्
समाचार