Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

टी-२० सिरिजको तेस्रो खेलमा अमेरिका नेपालविरुद्ध ब्याटिङ गर्दै

सोमबार, कात्तिक ५, २०८१

दाङ -  एक खेल अगाडि नै नेपालविरुद्धको टी-२० आई सिरिज गुमाएको अमेरिकाले अन्तिम खेलमा सुरुमा ब्याटिङ गर्दैछ। टस जितेर अमेरिकाले नेपाललाई बलिङको निम्तो दिएको हो।

यसअघि सिरिजका दुई खेलमा नेपालले सुरुमा ब्याटिङ गरेको थियो। पहिलो खेल १७ रनले विजयी भएको नेपालले दोस्रो खेलमा जितका लागि सुपर ओभरको सामना गर्नु परेको थियो। नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो।

नपाल आज सिरिजमा क्लिन स्वीप गर्न चाहन्छ। अमेरिका भने घरेलु मैदानमा सिरिजमा एक जितको प्रतिक्षामा छ।

प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  ०७:०६
प्रतिक्रिया दिनुहोस्
समाचार