बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
लुम्बिनी प्रदेश सरकार

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन, तीन मन्त्रीले लिए शपथ 

बिहीबार, कात्तिक ८, २०८१

दाङ - लुम्बिनी प्रदेश सरकारका नवनियुक्त तीन जना मन्त्रीले शपथ लिएका छन् ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

मुख्यमन्त्री चेतनारायण आचार्यले नियुक्त गर्नुभएका सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिना, वन तथा वातावरणमन्त्री देवकरण कलवार र आन्तरिक मामिला तथा कानूनमन्त्री आदेश अग्रवाललाई आज प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । नवनियुक्त मन्त्री तिमिल्सिना र कलवार नेपाली कांग्रेस तथा अग्रवाल जनता समाजवादी पार्टीबाट प्रदेशसभा सदस्य हुनुहुन्छ ।

लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित नेकपा (एमाले) का पाँच, कांग्रेसका पाँच र जसपाका एक जना गरी मन्त्रीको सङ्ख्या ११ पुगेको छ । कांग्रेस र एमालेका ५६ प्रदेशसभा सदस्यको समर्थनमा लुम्बिनीमा सरकार बनेको थियो ।

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १६:४७
प्रतिक्रिया दिनुहोस्