Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

भ्रष्टाचार गरेको भए मलाई पनि गिरफ्तार गर : अध्यक्ष प्रचण्ड

शनिबार, कात्तिक १०, २०८१

काठमाडौ - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेलाई बचाउनका लागि माओवादी केन्द्रले खबरदारी सभा गरेको भन्दै भ्रम फैलाएकोमा आपत्ति जनाएका छन् । शनिवार काठमाडौँमा भएको खबरदारी सभामा बोल्दै प्रचण्डले विगतमा रवि लामिछानेलाई बचाउन केपी ओलीले भूमिका खेलेको बताउँदै अहिले प्रतिपक्षमा पुगेपछि मात्रै पेल्ने काम गरेको उल्लेख गनुृभयो

सहकारी ठगीको विषयमा ओलीले नै संसदीय छानबिन समिति बनाउने कुराको विपक्षमा रहेका बेला आफूले लामिछानेलाई छानबिन समितिका लागि सुझाव दिएको र निर्दोष प्रमाणित गर्न भनेको बताउनुभयो ।

उहाँले भन्नु भयो – ‘तपाईंहरुलाई हेक्का रहोस्, भ्रष्टाचारको विषयमा यदि प्रचण्ड पनि देखापर्‍यो भने त्यसलाई पनि गिरफ्तार गर भनेको हो मैले । त्यतिबेलाको सीआइबीसँग त्यतिबेलाको गृहमन्त्री नारायणकाजी र म बसेर भनेका हौँ, माओवादी पर्‍यो भनेपनि समात्नुस भनेको हो । अरू हैन प्रचण्ड देखा पर्‍यो भने पनि समात्नुस् भन्ने मान्छेले अहिले अरू कोही पक्राउ पर्‍यो भने बचाउन सभा गर्नुपर्छ रु’

उहाँले प्रचण्ड र माओवादी केन्द्रलाई बदनाम गर्ने षडयन्त्रको रूपमा रविलाई बचाउन सभा गरेको भन्ने आरोपको खण्डन गर्नुभयो ।

प्रकाशित मिति: शनिबार, कात्तिक १०, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
समाचार