बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

प्रधानमन्त्री ओलीलाई हटाउन प्रतिक्रियावादी सक्रिय‚साइबर सेना खोइरु : सञ्चारमन्त्री गुरुङ

बिहीबार, कात्तिक १५, २०८१

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशीविदेशी प्रतिक्रियावादीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा रहेको दावी गर्नु भएको छ। यस्तो अवस्थामा पार्टी नेता कार्यकर्ताबाट प्रतिरोध नभएको भन्दै साइबर सेनाको खोइ भन्दै प्रश्न गर्नुभयो।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

देश र जनताका लागि निःस्वार्थ भावका साथ काम गरिरहेका प्रधानमन्त्री ओलीलाई देशी, विदेशी प्रतिक्रियावादीहरूले एकल्याउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको सञ्चारमन्त्री गुरुङको जिकिर थियो। बिहीबार काठमाडौँमा नेकपा ९एमाले० वागमती प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित देउसीभैलो कार्यक्रममा बोल्दै उनले ओलीलाई एकल्याउने षड्यन्त्रविरुद्ध प्रतिवाद गर्न पनि एमाले नेता कार्यकर्तालाई सचेत गराउनु भयो।

उहाँले ओलीमाथिको आक्रमण सिंगो नेपाल र नेपालीमाथिको आक्रमण भएकाले एमाले नेता, कार्यकर्ताले त्यसको प्रतिवादका लागि फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको अधिक प्रयोग गर्नुपर्ने बताउनुभयो। एमाले उपमहासचिव समेत रहेका सञ्चारमन्त्री गुरुङले पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीमाथि ठूलो षड्यन्त्र हुँदा पनि पार्टी पंक्ति त्यसको पक्षमा नउभिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो।

मन्त्री गुरुङले भन्नु भयो, ‘नयाँ पार्टी र देशी, विदेशीहरू हामा अध्यक्षलाई कसरी एकल्याउने र प्रधानमन्त्रीबाट हटाउने भन्ने अभियानमा छन्। त्यसमा हाम्रो सतर्कता खैरु निःस्वार्थ रूपमा देशका लागि काम गर्ने व्यक्ति केपी ओली नै हो। तर उनी जहाँ जाँदा पनि किन नारा लागिरहेको छ रु यति ठूलो षड्यन्त्र छ, त्यसविरुद्ध बोल्ने कोही छैन। बोल्नुपर्दैन रु लेख्नुपर्दैन टिकटक चलाउेहरू, फेसबुक चलाउनेहरूलेरु कहाँ गयो हाम्रो साइबर सेनारु’

मन्त्री गुरुङले सरकारले देश र जनताको हितमा धेरै काम गरेको दाबी गरे। सरकारले आफ्नो सय दिनको कार्यकालमा मुलुक र जनताको अहितमा एउटा पनि काम नगरेको उहाँले दाबी गर्नुभयो। मन्त्री गुरुङले नयाँ भनिएका पार्टीहरूले ठूलो पार्टीहरूले केही पनि गरेनन् भनेर गलत भाष्य सृजना गर्न खोजेको उल्लेख गर्दै त्यसविरुद्ध वैचारिक संघर्ष गर्नुपर्नेमा जोड दिनुभयो।

सञ्चारमन्त्री गुरुङले एमाले मुख्यालय निर्माणमा लागि व्यवसायी मीनबहादुर गुरुङले दिएको दानलाई पनि अनावश्यक ढंगले उचालेर एमालेलाई कमजोर बनाउने काम भइरहेको बताउनुभयो। 

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  २०:३२
प्रतिक्रिया दिनुहोस्