आइसिसी विश्व कप लिग–२

विश्व् कप लिग–२ स्कटल्यान्डले अमेरिकालाई ७१ रनले हरायो

शुक्रबार, कात्तिक १६, २०८१
राप्ती गाउँपालिका दशैतिहार शुभकामना सन्देश

दाङ - स्कटल्यान्डले आइसिसी विश्व कप लिग–२ को खेलमा अमेरिकालाई ७१ रनले हराएको छ।

गढवा गाउँपालिका दशैतिहार शुभकामना सन्देश

अमेरिकाको डालासमा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले ५ विकेटको क्षतिमा ३१७ रनको योगफल खडा गरेको थियो।

३१८ रनको लक्ष्य पाएको अमेरिका ४४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २४६ रनमा सीमित भएको थियो।

स्कटल्यान्डका लागि ब्रान्डम म्याकमुलेनले सर्वाधिक १५१ रन जोडे। उनको पारीमा ११ चौका र ६ छक्का समावेश थियो। यस बापत उनी खेलको म्यान अफ द म्याच बने। चार्ली टियरले ५१ रन जोडे। माइकल लिस्कले विस्फोटक ब्याटिङ गर्दै ११ बलमा ३३ रन जोडे।

अमेरिकाका सौरभ नेत्रभालकरले १० ओभरमा ६९ रन खर्चेर २ विकेट लिए। अत्यन्त महँगो साबित भएका जसदिप सिंहले १० ओभरमा ८५ रन खर्चेर २ विकेट लिए।

जवाफमा ब्याटिङ गरेको अमेरिकाले ६।३ ओभरमा २५ रन जोड्दै २ विकेट गुमाएको थियो। अमेरिकाका उत्कर्ष श्रीवत्सवाले ६७, मोनाक पटेलले ५२ तथा सञ्जय कृष्णमुर्थीले ४९ रन जोडे।

स्कटल्यान्डका ज्याक जार्भिसले ७ ओभरमा ४० रन खर्चेर ४ विकेट लिए। मार्क वाट र ब्राड कारीले समान दुई विकेट लिए। तालिकामा अमेरिका ११ खेलमा १४ अङ्क जोडेर दोस्रो तथा स्कटल्यान्ड १० खेलमा १३ अङ्क जोडेर तेस्रो स्थानमा छन्।

 

प्रकाशित मिति: शुक्रबार, कात्तिक १६, २०८१  ०७:०४
प्रतिक्रिया दिनुहोस्