बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दै

शनिबार, कात्तिक २४, २०८१

दाङ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक बस्दैछ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

बैठक शनिबार बिहान साढे ११ बजे पार्टी कार्यालय चःमतिमा बस्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो।

उनका अनुसार पाँच कार्यसूचीमा छलफल गर्न केन्द्रीय समिति बैठक बस्दैछ।

समसामयिक राजनीतिक गतिविधि, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र सङ्घर्षको मोडालिटीबारे बैठकमा छलफल हुनेछ।

त्यस्तैगरी मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा पार्टी परिचालन र विविध प्रस्तावमाथि छलफल हुने झाले बताउनुभयो।

सहकारी ठगी, संगठित अपराधको अभियोगमा पार्टी सभापति लामिछाने गत कात्तिक २ गतेदेखि कास्की प्रहरी हिरासतमा छन्।

उनीमाथि तेस्रोपटक अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।

रास्वपाले सरकारले राजनीतिक प्रतिशोध साँधेर उहाँको हिरासत लम्ब्याएको दाबी गरिरहेको छ।

पार्टीले विचार मिल्ने दलहरूसँग यसबारे संवाद गर्ने, धारणा बुझ्ने निर्णय पनि गरिसकेको छ।

केन्द्रीय समिति बैठकले त्यसबारे थप छलफल गरेर संघर्षको कार्यक्रम तय गर्न लागेको हो।

प्रकाशित मिति: शनिबार, कात्तिक २४, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्