बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्य चीन प्रस्थान

सोमबार, कात्तिक २६, २०८१

दाङ - लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन प्रस्थान गरेका छन् । चीनको सिचुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन उनी सोमबार त्यसतर्फ प्रस्थान गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

सिचुआन प्रान्तमा समन्वय र विकासको विषयमा छलफल गर्न ९नोभेम्बर ११ देखि १३० कार्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।  मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत भ्रमणमा सहभागी छन् ।

यो भ्रमणले लुम्बिनी प्रदेश सरकार र चीनको सिचुआन प्रान्तबिच पारस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने विश्वास लिइएको छ । भ्रमणको क्रममा लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई अघि बढाउन दुई पक्षीय सहयोग र सहकार्यको बारेमा भेटवार्ता हुने जनाइएको छ । साभार रातोपाटी


 

प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  २०:५५
प्रतिक्रिया दिनुहोस्