बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना

अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता

शनिबार, मंसिर ८, २०८१

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी खर्बपति एवम् सामाजिक सञ्जाल एक्सका मालिक एलन मस्कसँग संवाद गर्नुभएको छ । हिजो बेलुकी प्रधानमन्त्री ओलीले मस्कसँग भर्चुअल संवाद गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

प्रधानमन्त्री ओलीले मस्कमार्फत् नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई पनि दिनुभएको छ । आउँदो जनवरीदेखि कार्यभार सम्हाल्न लागेका राष्ट्रपति ट्रम्पलाई ओलीले मस्कसँगको भर्चुअल वार्तामार्फत् बधाई दिएको उहाँको सचिवालयले जानकारी दिएको छ

 अमेरिकाको राष्ट्रपतिमा ट्रम्पलाई जिताउन मस्कको विशेष भूमिका रहेको थियो । संवादको क्रममा मस्कले स्टारलिङ्कबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ गर्नुभएको थियो । उहाँले नेपालमा यसको प्रयोग भएमा प्राप्त हुन सक्ने सहुलियत र सुविधाबारे पनि बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

मस्क स्पेश एक्सका कम्पनीका मालिकसमेत हुनुहुन्छ, उहाँले नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिङ्क शुरु गर्न इच्छा देखाइरहनुभएको छ । कुराकानीको क्रममा प्रधानमन्त्री ओलीले मस्कलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको छ ।

प्रधानमन्त्री ओलीले सामाजिक सन्जाल एक्समार्फत् मस्कसँग कुरा गरेको र नेपाल भ्रमणमा आउन निम्तो दिएको जानकारी दिनुभएको हो ।

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  ०७:२०
प्रतिक्रिया दिनुहोस्