Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM

एमालेका नेता महेश बस्नेतको : टिप्पणी बालेन शाहले एमालेसँग १ लाख भिख मागे

शनिबार, मंसिर ८, २०८१

काठमाडौँ - नेकपा एमालेका युवा नेता महेश बस्नेतले काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले नेकपा एमालेबाट १ लाख भिख मागेको आरोप लगाएका छन् । शुक्रवार काठमाडौँ महानगरपालिकाले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेलगत्तै बस्नेतले सामाजिक सञ्जाल फेसबुकमार्फत सो आरोप लगाउनु भएको छ।

नेता बस्नेतले बालेनले गरेको सो निर्णयलाई  सकारात्मक र नकारात्मक कोणबाट हेर्न सकिने भन्दै  यस्तो लेख्नुभएको छ ।

बालेनद्वारा पालित पोषित एउटा नगर प्रहरीले एमालेलाई १ लाख जरिवाना तिराउने निर्णय गरेछ। यसलाई दुई एङ्गलबाट हेर्न सकिन्छ।

सकारात्मक स् काठमाडौँमा हुने सयौं जुलुस सभा भन्दा एमालेको सभा अभूतपूर्व भयो जस कारण सफा गर्नको लागि मात्रै पनि बालेनलाई १ लाख भिख माग्न पर्यो ।

नकारात्मक स् बालेनलाई यति धेरै एमाले फोबिया छ कि कुन दिन एउटा दन्ते कथामा ज्योतिषले बाघको आक्रमण बाट मर्छ भनिएको राजकुमार कोठाको कोठै थुनेर राख्दा पनि उक्त बालक उक्त राजकुमार वनको बाघलेले होइन किताबमा भएको बाघको चित्र हेरेर मृत्युवरण गरेको जस्तै बालेन पनि एमाले हेरेरै एमालेसँग डराएर सकिने अवस्थामा पुगेको छ।

प्रकाशित मिति: शनिबार, मंसिर ८, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
समाचार