बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
नेपाल प्रिमियर लिग

एनपीएलको लागि क्यानले तोक्यो टिकट मूल्य

मंगलबार, मंसिर ११, २०८१

काठमाडौं - नेपाल क्रिकेट संघ क्यानले आगामी शनिबारदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को टिकट मूल्य तोकेको छ । क्यानले सोमबार साधरण र भिआईपी गरि दुई किसिमको टिकट दर निर्धारण गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

प्रतियोगिताको पहिलो दिन अर्थात् उद्घाटनको दिनमा साधरण तर्फ टिकट मूल्य ३०० रुपैंयाँ निर्धारण गरिएको छ । त्यस्तै भीआईपीतर्फको टिकटका लागि उक्त दिन ७००‌‌ रुपैयाँ तिर्नुपर्ने छ । अन्य लिग खेलमा भने साधारण तर्फ ३०० र भिआइपी तर्फ ५०० रुपैयाँ निर्धारण गरिएको क्यानले जनाएको छ ।

प्लेअफका खेलहरूमा साधरणतर्फ टिकटका लागि ५०० रुपैयाँ र भीआईपी टिकटका लागि ७००‌ रुपैयाँको‌ तोकिएको छ । फाइनल खेलमा साधरण तर्फका टिकटका लागि ५००‌ र भीआईपीका लागि १००० रुपैयाँ निर्धारण गरिएको छ ।

त्यसैगरी प्रतियोगितामा क्यानले सिजनल‌ पासको पनि व्यवस्था गरेको छ । जसका लागि २० प्रतिशत छुट दिने क्यानले जनाएको छ । सिजनल टिकट साधारण तर्फ ४ हजार ४ सय ८० र भिआईपी तर्फ ८ हजार २ सय ४० रुपैयाँ रहेको छ ।

NPL_Rate_final-2024-1732588902.jpg
 

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  ०८:२८
प्रतिक्रिया दिनुहोस्