नेपाल प्रिमियर लिग

नेपाल प्रिमियर लिगका खेल युट्युवबाट पनि हेर्न पाइने

बुधबार, मंसिर १२, २०८१

काठमाडौं -  सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणका खेलहरूको युट्युवबाट प्रशारण अधिकार एक्सन स्पोर्ट्सले पाएको छ।

जनहितमा शान्तिानगर गाउँपालिकाद्वारा सूचना

डिजिटल माध्यमबाट खेलहरूको प्रत्यक्ष प्रशारण गर्न एनपिएलको व्यवसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो।

दर्शकहरूले एनपिएलका खेलहरू एक्सन स्पोर्ट्सको आधिकारिक युट्युव च्यानल मार्फत प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्।

प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ।

प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुँदैछ।

प्रकाशित मिति: बुधबार, मंसिर १२, २०८१  ०७:२८
प्रतिक्रिया दिनुहोस्