दशैं दशैं
Bangalachuli RM Bangalachuli RM
Bangalachuli RM Bangalachuli RM
एसीसी पुरुष १९ वर्षमुनिको एशिया कप

एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपमा आज नेपाल श्रीलङ्काको भिडन्त

शुक्रबार, मंसिर १४, २०८१

काठमाडौँ - एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपको आफ्नो पहिलो खेलमा नेपालले आज श्रीलङ्कासँग खेल्दैछ ।

यूएईको शारजाह क्रिकेट स्टेडियममा यो खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरू हुने छ । प्रतियोगिताको अन्तिम तयारी स्वरुप हेमन्त धामीको कप्तानीमा नेपालले भारतको प्रादेशिक टोली कर्नाटकसँग पाँच खेलको एकदिवसीय अभ्यास शृङ्खला खेलेको थियो ।

यो शृङ्खला ३–२ ले जितेको नेपाली टोली उच्च मनोबलका साथ प्रतियोगितामा सहभागिता जनाउँदै छ । टेस्ट राष्ट्र शृङ्खलाको १९ वर्षमुनिको टोली १० खेलमा ५ पटक फाइनलसम्म पुगे पनि उपाधि जित्न सकेको छैन ।

अहिलेसम्म ८ पटक एशिया कप खेलिसकेको नेपाल भने १ पटक मात्र सन् २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो । यसैबीच आज हुने अर्को खेलमा अफगानिस्तान र साविक विजेता बङ्गलादेशका युवा टोली प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एशियाका आठ देश सहभागी छन् । नेपाल रहेको समूह ‘बी’मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

समूह ‘ए’मा भारत, पाकिस्तान, जापान र यूएई छन् । नेपालले आफ्नो दोस्रो खेल १६ गते पर्सि आइतवार बङ्गलादेशसँग र तेस्रो खेल मङ्सिर १८ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्ने छ । समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  ०८:२७
प्रतिक्रिया दिनुहोस्
समाचार
टि.भी