बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना बंगलाचुली गाउँपालिका  दशै तिहारकाे शुभकामना
नेपाल प्रिमियर लिग

जनकपुर बोट्ल्सलाई विराटनगर किङ्सले दियो १२८ रनको लक्ष्य

शनिबार, मंसिर १५, २०८१

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को उद्घाटन खेलमा जितका लागि जनकपुर बोट्ल्सले विराटनगर किङ्सलाई एक सय २८ रनको लक्ष्य दिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १९ ओभरमा सबै विकेटको क्षतिमा एक सय २७ रन बनायो ।विराटनगरका लागि मार्टिन गुप्टिलले अर्धसतकीय इनिङ्स खेल्नुभयो ।

५५ रन बनाउनुभएका मार्टिनले ४३ बलमा सात चौका र एक छक्का हान्नुभयो । अकिब इल्यासले १५ रन बनाउनुभयो । ओपनर लोकेश बम पाँच रनमा आउट हुनुभयो । अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन बनाउन सकेनन् ।

बलिङमा जनकपुरका ललित राजवंशीले तीन विकेट लिनुभयो । किशोर महत्तो र हर्ष थाकेरले दुई दुई तथा मोहमद मोहसिन  र बेन माइकले एक विकेट लिनुभयो । पुस ६ गतेसम्म चल्ने एनपिएलमा आठ टोलीको सहभागिता रहेको छ ।

 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्